सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

स्वास्थ्य

नेपालको स्वास्थ्य क्षेत्रको अभिबृद्धिका लागि कोरिया सरकारद्वारा स्वास्थ्य सामग्री उपलब्ध 


  • 649
    SHARES
  • https://indrenipost.com/posts/5171
    मंसिर ४, २०८० सोमबार
    नेपालको स्वास्थ्य क्षेत्रको अभिबृद्धिका लागि कोरिया सरकारद्वारा स्वास्थ्य सामग्री उपलब्ध 

    काठमाडौं । गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । 

    स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । 

    ती बहुउपयोगी सामग्रीहरु आज नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे । स्वास्थ्य सामग्रीको मूल्य रु पाँच करोड ३५ लाख ३२ हजार ५०० बराबरको रहेको छ । 

    विशेष गरी नेपालभरका प्रदेश तथा जिल्ला तहमा उन्नत चिकित्सा उपकरणहरूको आवश्यकतालाई उक्त बहुउपयोगी स्वास्थ्य सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको दूतावासले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij