शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोशी प्रदेश- आर्थिक अध्यादेश सर्वसम्मतले पारित


  • 622
    SHARES
  • https://indrenipost.com/posts/5279
    मंसिर १०, २०८० आइतबार
    कोशी प्रदेश- आर्थिक अध्यादेश सर्वसम्मतले पारित

    विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित भएको छ ।

    प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गर्नुभएको थियो ।

    विधेयक पारित हुनु अगाडि कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, किशोरचन्द्र दुलाल, विदुरकुमार लिंथेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छविलाल चुँडाल र रामप्रसाद महतोले सो विधेकयको विविध पक्षमा चर्चा गरेका थिए ।

    उनीहरुले सरकारको कर तथा राजस्व उठाउने विषयसँग सम्बन्धित यो विधेयकले प्रदेशको समृद्धिको यात्रा कोर्ने भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने बताए ।

    छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले अध्यादेशबाट आएको विधेयक भएकाले यसमा कर र करका दायराका विषयमा कुनै पनि फेरबदल नगरेको जानकारी दिए ।

    उनले आयको सबैभन्दा ठूलो स्रोत यातायात भएकाले यसलाई व्यवस्थित गर्ने कुरामा जोड दिए ।

    मुख्यमन्त्री कार्कीले गिटी, बालुवा र ढुङ्गाका विषयमा स्थानीय तहले कर लगाउने भएकाले प्रदेश सरकारले यसबाट आउने करलाई व्यवस्थित मात्र गर्ने स्पष्ट पार्दै सरकारले घरेलु तथा साना उद्योग दर्तामा सहुलियत दिने नीति लिएको जानकारी दिए ।

    बिहान ११ बजे प्रारम्भ हुने भनिएको बैठक ढिला सुरु भएको थियो । दिउँसो १ः४५ बजे स्थगित भएको बैठक २ः४५ मा पुनः सुरु भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij