सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारी


  • 604
    SHARES
  • https://indrenipost.com/posts/5506
    मंसिर २५, २०८० सोमबार
    चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारी

    चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएको जानकारी दिएका छन् । 

    सोमबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री तयार भएको र यसलाई  प्रक्रियामा लगिसकेको बताए । 

    देशमा चिकित्सा शिक्षा ऐनका कारण आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएको भन्दै उनले यसको समाधानका लागि ऐन संशोधन गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिए । 

    कानुन बनाएर गुणस्तरीय शिक्षा र शुल्क  निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने उनको भनाइ छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij