काठमाडौं । अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएर आमा बनेकी हुन् ।
कमेडी च्याम्पियनले फेसबुक पेजमार्फत ऋचाले छोरा पाएको पुष्टि गरेको हो । साथै उनलाई कमेडी च्याम्पियन टिमले बधाईसमेत दिएको छ ।
ऋचा कमेडी च्याम्पियनको सिजन १ देखि नै निर्णायको भूमिकामा छिन् उनले एकसाताअघि मात्रै आमा बन्ने दिन नजिकिएसँगै 'कमेडी च्याम्पियन २' बाट बिदा लिएकी थिइन् । ऋचाले २ वर्षअघि दिपेक्षविक्रम राणासँग बिहे गरेकी थिइन् ।