मदालसा शर्मा अभिनेता मिथुन चक्रवर्तीकी बुहारी हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । त्यस्तै, रिल्स भिडियो पनि बताउँछिन् । उनका फोटोसुटहरुलाई फ्यानहरूले निकै मन पराउने गरेका छन् । इन्स्टाग्राममा उनका १० लाखभन्दा धेरै फलोअर्स छन् । भर्खरैमात्र मदालसाको नयाँ फोटो भाइरल भएको छ । मदालसा फेशन सेन्सका लागि प्रख्यात छिन् । उनको लुक्स र स्टाइलिश पहिरन सँधै चर्चामा रहन्छ ।
मदालसा भारतको चर्चित टेलिभिजन शो अनुपमामा देखिने गरेकी छिन् । सुरुवातदेखि नै उनी यस शोको हिस्सा थिइन् । यस शोमा उनले काव्याको रोल निभाइरहेकी छिन् । यो ग्रे क्यारेक्टर हो । यो उनको पहिलो शो हो, तर सुरुवातमै उनले राम्रो प्रशंसा पाइरहेकी छिन् ।
मदलसा पुरानी अभिनेत्री शिल शर्माकी छोरी हुन् । उनले मिथुनका छोरा महाक्षयसँग विवाह गरेकी हुन् ।