आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत उतीर्ण


  • 982
    SHARES
  • https://indrenipost.com/posts/599
    भदौ २४, २०७८ बिहीबार
    स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत उतीर्ण

    काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ दशमलब ११ प्रतिशत उत्तीर्ण भएका छन् । परिषदले २१, २२ र २३ परीक्षा लिएको थियो । 

    परिषदले बुधबार राती प्रकाशित गरेको नतिजा अनुसार परीक्षामा २ हजार २० जना परीक्षार्थी सहभागी थिए । जसमध्ये १ हजार २९० जना उत्तीर्ण भएका छन् । परीक्षामा ३९ जना अनुपस्थित भएका थिए ।

    परिषदका अध्यक्ष डा मोहनकृष्ण श्रेष्ठका अनुसार स्नातककोत्तर तहमा ३९ जनाले परीक्षा दिएकोमा २० जना ( ५८.८२ प्रतिशत) उत्तीर्ण भएका थिए । स्नातक तहमा २०३ जना सहभागी भएकामा १३३ जना ( ६७.१७ प्रतिशत) र प्रमाणपत्र तहमा कुल १ हजार ७७८ जना सहभागी भएकोमा १ हजार १३७ जना (६५ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij