आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

१५.४ प्रतिशतले लगाए कोरोना खोप


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/600
    भदौ २४, २०७८ बिहीबार
    १५.४ प्रतिशतले लगाए कोरोना खोप

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्ध १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् । त्यस्तै हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् । 

    बुधवार सम्ममा एक करोड ९२ लाख १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो ।

    मन्त्रालयको तथ्याङ्कअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल, ‘जे एन्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस् अस्ट्राजेनेका खोप भित्र्याइएको छ । यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लगाउने अभियान देशभर तीव्र रूपमा अघि बढाएको छ ।

    यसैबिच विश्व स्वास्थ्य सङ्गठनका दक्षिण-पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij