कोरोना संक्रमणको दर १३.८ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण पौडेलले गत २४ घण्टामा १३ हजार ४ सय ५५ जनाको परीक्षण गर्दा संक्रमणदर १३.८ प्रतिशत रहेको बताए ।
प्रदेश अनुसार संक्रमणदर फरक रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय ४० जनामा कोरोना पुष्टि भएको छ ।