शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

स्वाभिमान दिवस मनाउँदै मधेस प्रदेश


  • 649
    SHARES
  • https://indrenipost.com/posts/6097
    माघ ३, २०८० बुधबार
    स्वाभिमान दिवस मनाउँदै मधेस प्रदेश

    काठमाडौं । प्रदेशको नामकरण भएको दिनको सम्झनामा मधेस सरकारले बुधबार स्वभिमान दिवस मनाउँदैछ ।

    तत्कालीन प्रदेश २ को नाम २०७८ माघ ३ गते ​मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम तय भएको सम्झनामा सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो ।

    गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

    जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमानी दिवस मनाउने कार्यक्रम रहेको मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयले जनाएको छ ।

    यो अवसरमा मुख्यमन्त्री यादवले एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण समेत सार्वजनिक गर्ने छन् ।

    २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले पुस २९ मा शपथ लिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij