शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

क्यान्सर, मिर्गौला र मेरुदण्डका बिरामीले मासिक ५ हजार भत्ता पाउने


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/610
    भदौ २५, २०७८ शुक्रबार
    क्यान्सर, मिर्गौला र मेरुदण्डका बिरामीले मासिक ५ हजार भत्ता पाउने

    काठमाडौं । सरकारले क्यान्सर,  मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ । 

    शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ मा पनि क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।

    पछि केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरिदिएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij