शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

बागमती प्रदेश- गठबन्धनका ४ जना उम्मेदवार विजयी


  • 766
    SHARES
  • https://indrenipost.com/posts/6172
    माघ ११, २०८० बिहीबार
    बागमती प्रदेश- गठबन्धनका ४ जना उम्मेदवार विजयी

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उमेदवार निर्वाचित भएका छन् ।

    महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

    पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरेका थिए ।

    महिलातर्फ एमालेकी रोचकुमारी चौलागाईंले दुईहजार ५५२ मतभार, दलिततर्फ ध्रुवराज बिकले तीनहजार ५२, अपांगतर्फ त्रिलोचन निर्मल पौडेलले दुई हजार ७३४ मत, अन्यतर्फ विवेक देवकोटाले दुई हजार ३५९मतभार प्राप्त गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij