शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

राजनीति

कोशीको परिणामलाई गम्भीरतापूर्वक लिन्छौँ : कांग्रेस


  • 559
    SHARES
  • https://indrenipost.com/posts/6319
    माघ १९, २०८० शुक्रबार
    कोशीको परिणामलाई गम्भीरतापूर्वक लिन्छौँ : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशीको परिणामलाई अनपेक्षित बताएको छ ।

    आज बसेको संसदीय दलको बैठकले कोशीको परिणामलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनबाट उमेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन् ।

    "गठबन्धनबाट हाम्रा १९ जना साझा उमेदवार थिए । कोसी प्रदेशको परिणाम अनेपक्षित रहेको ठहर बैठकले गरेको छ । कोसीमा दुईजना उमेदवार हुनुहुन्थ्यो, एकजना पराजित हुनुभयो । जसलाई हामीले अनेपक्षित परिणामका रूपमा लियौँ । यो विषयलाई बैठकले गम्भीरतापूर्वक लिने निर्णय गरेको छ," लेखकले भने ।

    बैठकले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई बधाई दिने पनि निर्णय गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij