काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार ८७८ जनाको पीसीआर र तीन हजार १४० जनाको एन्टिजेन गरी ११ हजार १८ जनामा गरिएको परीक्षणका क्रममा ९११ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार ९४९ पुगेको छ ।