रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्माओली बिहीबार रौतहट आउने भएका छन् ।
एमालेको १०औँ जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लागेका हुन् ।
एमालेको १०औँ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा भोलिदेखि हुने जिल्ला अधिवेशनको उदघाटन गर्न अध्यक्ष ओली आउने तय भएको एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन् ।
१०औँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्यसमिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चारजनाको नाम चर्चामा रहेको छ ।
अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन् ।