अन्ततः तपाई निर्दोष सावित हुनुभएको छ । सम्पूर्ण रुपमा सिध्याउन भगिरथ प्रयत्न गर्दागर्दै पनि न्यायको जित भएको छ । जालझेल र षड्यन्त्रको पराजय भएको छ । आम मुक्तिकामी जनसमुदायले आफ्नो लिडर फिर्ता पाएका छन् । तपाई जीवनकै कठिन मोर्चामा विजयी बन्नुभएको छ । तपाईप्रति लागेको आरोप झुटो भएको भन्दै काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको छ । तलाईलाई बधाई तथा आगामी राजनीतिमा अझ बढी सक्रियताका लागि सुभकामना ।
यौन दुव्र्यवहारको आरोपमा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार काराकार बसेर तपाई पुन राजनीतिक मैदानमा फर्कनु भएको छ । तपाईलाई षड्यन्त्रपूर्ण यौन दुव्र्यवहारको आरोपमा जेल पठाउँदा भोज खानेहरु यतिवेला अवश्य पनि निकै दुखी बनेका होलान तर तपाईलाई जेल पठाउँदा दुखेका मनहरु खुसी भएका छन्, जो यो दिनको व्यग्र प्रतिक्षामा थिए ।
तपाईलाई यौन दुव्र्यवहारको आरोप लागेको घटनामा रुझेका परेलीहरु ओभाएका छन् । यौन दुव्र्यवहारको आरोप खेपेर तपाईले विताउनुभएको १३३ दिन अवश्य पनि तपाईका लागि अत्यन्तै कठिन दिनहरु थिए । तर तपाईले, ती दिनहरुमा धैर्यता गुमाउनु भएन । आफैप्रति र तपाईलाई माया गर्ने हजारौंप्रतिको विश्वास गुमाउनु भएन । म कल्पना गर्छु महरा सरको १३३ दिन १० वर्षे जनयुद्धभन्दा कठिन थियो । तपाईको यो असाधारण धैर्यताप्रति एक पटक मनदेखि नै अभिवादन ।
महरा सर, तपाईले अदालतको फैसलापछि बाहिर निस्कदै गर्दा भन्नुभयो, एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्रथमिकताको रुपमा सधै रहेको थियो, अहिले पनि छ र सधै रहिरहने छ । यो विश्वास, दृढता र संकल्पको लागि पनि तलाईलाई सलाम ।
तपाईलाई जस्तै निर्दोष हुँदाहुँदै पनि अदालतले दोषि ठहर पो गर्ने हो कि भन्ने वेहिसाव डर धेरैलाई थियो । तर अदालतले निष्पक्ष फैसला गरेको छ । तपाईमाथि अदालतको फैसला लगत्तै— महरा सरले न्याय पाउनुभयो र मैले पनि न्याय पाएँ’ भन्ने प्रतिक्रिया जसलाई तपाईले यौन दुव्र्यवाहार गर्नुभयो भन्ने आरोप थियो उहाँले नै दिइसक्नु भएको छ । हुन त महरा सर मेरो बा समानको व्यक्ति हुनुहुन्छ भन्दाभन्दै पनि, अदालतमै हाजिर भएर उहाँ निर्दोष हुनुहुन्छ । मलाई डिप्रेसन भएका कारण उहाँमाथि गलत आरोप लगाएँ भनेर साविति वयान पीडित बनाइका रोशनी साहीले नदिनुभएको होइन । तर पनि तपाईप्रति अन्याय गरियो । यसमा राजनीति त जोडिएको थिएन कि भनेर संका गरिरहुन सायद नपर्ला ।
तपाईका पनि केहि कमजोरी थिए होलान । तपाई पनि मानिस नै हो, कमजोरी विनाको मानिस सायद पृथ्वीमा जन्मिएका छैनन् । जन्मिदैनन् पनि । तर तपाईमाथि जुन प्रहार भयो, यो राजनीतिक निष्ठामाथिको प्रहार हो । यो क्रान्तिकारी आन्दोलन परिवर्तनमाथिको प्रहार हो । यो समाजवादी आन्दोलनको तयारीमाथिको प्रहार हो । तपाईले सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्यका लागि गर्नुभएको त्याग, तपस्या र बलिदानको मूल्य निकै उच्च छ र रहने छ । तपाईले परिवर्तनको आन्दोलनमा पुर्याउनुभएको योगदानको अवमूल्यांकन गर्न सकिंदैन । गरिन्छ भने त्यो जनताले आफ्नै शक्ति र विरताले लेखिएको रक्त रञ्जित इतिहासमाथि कै अन्याय हुन्छ ।
महरा सर, तपाईलाई माओवादी आन्दोलनकै सबैभन्दा सालिन नेताका रुपमा हेरिन्थ्यो । तपाई वास्तवमै सालिन नेता पनि हो । विभाजीत माओवादी शक्तिलाई एक ढिक्का बनाउने कुरामा तपाईले निरन्तर प्रयास गरिरहनु भएको थियो । कम्युनिष्ट आन्दोलनको एकीकरणमा तपाईको भूमिका महत्वपूर्ण थियो नै । माओवाी आन्दोलनमा सहभागि हजारौंले तपाईको कुशल नेतृत्वको अपेक्षा अझै मारेका छैनन् । समाजवादी आन्लोलनका पक्षधर हजारौं युवाहरुले अहिले पनि तपाईसँग हातेमालो गर्न पाइने अपेक्षा राखेका छन् ।
महरा सर, तपाईमाथि लागेको यो आरोपले तपाईको राजनीतिक जीवनमा जति क्षती पुगेको छ, त्यो भन्दाबढी क्षति समाजवादी आन्दोलनमा छ । महरा सरलाई महरा बनाउन तपाईको आफ्नै त्याग, तपस्या र बलिदान त छदै छ, त्यो भन्दा धेरै १० वर्षे जनयुद्ध र न्यायप्रेमी जनसमुदाय बलिदान छ । नेपालको सिंगो परिवर्तनको, राजनीतिक आन्दोलनको तीसौं बर्षको लगानी छ ।
महरा सरहरु बनाउन संघर्षपूर्ण राजनीतिक आन्दोलनले निकै ठूलो लगानी गर्नुपर्छ । क्रान्तिकारी योद्धाहरुले बेहिसाव रगत र पसिना बगाउनुपर्छ । भनिरह पर्दैन, महरा सर धेरैको बलिदान र आफ्नै पनि जीवन मरणको संघर्षको परिणामस्वरुप जन्मिएका, भुँइमान्छेबाट आएका एक निष्ठावान राजनीतिज्ञको छवी बनाएका जनताका नेता हुनुहुन्छ ।
मानिस जो सुकै किन नहोस, कमजोरीसहित कै हुन्छन् । महरा सरमा पनि त्यो थियो । तर इतिहासमा परिवर्तनको राजनीतिमा तपाईले गर्नुभएको योगदान गौरवपूर्ण नै छ । तर तपाईमाथि लागेको नैतिक कामजोरीको दाग कानुनले निर्दोष ठहर गर्ने वत्तिकै पखालिन सक्छ त ? यो महरा सरमाथिको गम्भिर अन्याय हो कि होइन ? यो विषयमा अवश्य पनि आगामी दिनहरुमा बहस हुने नै छ ।
महरा सर, जनवादी क्रान्तिका लागि जति आवश्यक हुनुहुन्थ्यो, समाजवादी आन्दोलनका लागि पनि त्यतिकै आवश्यक नेता हुनुहुन्छ । तपाईमाथि लागेको आरोपको र त्यसले पुगेको सामाजिक सामाजिक क्षतिको क्षतिपूर्ति त हुनसक्दैन । अझै पनि परिवर्तनकामि जनसमुदाय र समर्थकहरुको तपाईप्रतिको विस्वास, सम्मान र प्रेम मरेको भने छैन् । त्यो कुराको पुष्टि भै नै सकेको छ । महरा सरले आफुमाथि लागेको आरोपको जवाफ समाजवादी आन्दोलका लागि, जनताका सुख, समृति र न्यायका लागि होमिएर मात्र दिनसक्नुहुन्छ । हामी समाजवादी आन्दोलनको बहसमा जुटिरहका वेहिसाव बामपन्थहरुको अपेक्षा छ, समाजवादी आन्दोलनमा महरा सरसँगै हुनपाइने छ । तपाईको राजनीतिक जीवनमा आएको अन्यायपूर्ण अधेरा दिनहरुको मूल्य आगमी दिनहरुमा समाजवादी आन्दोलनका लागि महरा सरले गर्नुहुने अमूल्य योगदानले, समर्पणले अवश्य चुक्ता गर्ने नै छ । तपार्यले निर्दोष सावित भएर जीवनकै सबैभन्दा कठोर परिक्षामा उत्तिर्ण हुनुभएको छ ।
महरा सर, तपाईलाई अब अवश्य पनि नेकपाले उचित जिम्मेवारी दिने नै छ । हामी हजारौं युवाहरु समाजवादी आन्दोलनको तयारीमा जुटिरहेका छौं । तपाईमाथि जुन आरोप लाग्यो र तपाई जेल जानुभयो, त्यसले हामीलाई निकै निरास बनाएको थियो । कतै देशको समृद्धि र समाजवादी आन्दोनलका लागि हाम्रा प्यारा नेता महरा सरलाई गुमाउनु पर्ने त होइन । अब त्यो डर दुर भएको छ । अब आउनुस् हामी हजारौं समाजवादी पक्षधरमा उभिएका युवाहरुको लिडर बन्नुस । आशा छ, समृद्धि र समाजवादी आन्दोलनमा तपाईसँगै लामो यात्रा गर्न पाइने छ । अझै राजनीतिक जीवनको थुप्रै परिक्षाहरुको सहयात्री बन्नु पाइने छ ।