बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन् । अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म 'सीताः द इनकार्नेशन' मा कंगना पक्का भएकी हुन् ।
यसअघि फिल्मको लागि करिना कपूर र आलिया भट्टको नाम चर्चामा आएको थियो । मंगलबार निर्माण टोलीले औपचारिक जानकारी दिएसँगै फिल्ममा केन्द्रीय पात्रको भूमिकामा कंगना देखिने पक्का भएको हो ।
ठूलो बजेटमा बन्न लागेको ऐतिहासिक फिल्मलाई हिन्दी, तामिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शनमा ल्याउने बताइएको छ । फिल्ममा हिन्दु धर्ममा आदर्श नारीको रुपमा चिनिने सीताको जीवनकथा देखाइने बताइएको छ । जसलाई बाहुबलीका लेखक केवी विजयेन्द्र प्रसादले लेखेका हुन् ।
भारतको प्रतिष्ठित पुरस्कार पद्मश्री तथा चारपटक राष्ट्रिय पुरस्कारबाट सम्मानित कंगना पछिल्लो पटक 'थलाइवी'मा कलाकार तथा राजनीतिज्ञ जयललिताको भूमिकामा देखिएकी थिइन् । जसबाट उनको धेरैले तारिफ गरेका थिए । योबाहेक 'मणिकर्णिका' मा उनले रानी लक्ष्मीबाइको भूमिका निभाएकी थिइन् ।
सीताबाहेक उनका 'धाकडु र 'तेजसु' निर्माणको क्रममा रहेका फिल्म हुन् ।