शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोरोना कहर

कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, थप १७६० संक्रमित


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/675
    भदौ ३०, २०७८ बुधबार
    कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, थप १७६० संक्रमित

    काठमाडौं । नेपालमा थप १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको परीक्षणका क्रममा बुधबार थप १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका गत २४ घण्टामा पीसीआर र एन्टिजेन बिधिबाट गरी १६ हजार ८४४ जनाको नमूना परीक्षण गरिएको थियो । 

    पीसीआर विधिबाट १२ हजार ५२४ जनाको नमूना परीक्षण गर्दा १ हजार ३३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै, ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टाको अवधिमा १ हजार २२० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ । यस्तै, २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना कहर
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij