काठमाडौं । ९४ रन बनाउँदा छैटौँ विकेट गुमाएपछि नेदरल्यान्डसविरुद्धको खेलमा नेपाल दबाबमा परेको छ ।
नेपालको छैटौँ विकेटका रूपमा भीम सार्की आउट भएका हुन् । ८ बलको सामना गरेका सार्की शून्य रनमा आउट भए ।
उनलाई बास डिलेडेले आउट गराएका हुन् । आईसीसी लिग-२ अन्तर्गत नेदरल्यान्डसँगको जारी खेलमा नेपालले ९३ रन बनाउँदा पाँचौँ विकेट गुमाएको थियो ।
पाँचौँ विकेटका रूपमा दिपेन्द्रसिंह ऐरी आउट भएका हुन् । ११ बलको सामना गरेका ऐरी १ रन बनाउँदै २७.४ ओभरमा रनआउट भएका थिए ।
यसअघि नेपालको चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल आउट भएका थिए । ४० बल खेलेका पौडेल १६ रन बनाउँदै आउट भएका हुन् ।
पौडेलको विकेट नेदरल्यान्डसका आर्यन दत्तले लिएका हुन् । नेपालले ८७ रन बनाउँदा चार विकेट गुमाएको थियो । त्यस्तै ५४ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको थियो
। तेस्रो विकेटका रूपमा कुशल मल्ल आउट भएका हुन् । मल्लको विकेट पनि दत्तले लिएका हुन् । ९ बलको सामना गरेका मल्ल २ रन जोड्दै पेभेलियन फर्किए । दोस्रो विकेटका रूपमा नेपालले ५० रन बनाउँदा अनिल साह आउट भएका थिए ।
११ बलको सामना गरेका साहले १ छक्कासहित ७ रन बनाए । नेदरल्यान्डसका भिभियन किङ्ग्माले साहलाई आउट गराएका हुन् । नेपालको पहिलो विकेटका रूपमा आशिफ शेख आउट भएका थिए ।
शेख २७ बलको सामना गर्दै १७ रन बनाएर आउट भएका हुन् । शेखको विकेट पनि किङ्ग्माले नै लिएका हुन् । सार्की आउट भएसँगै कुशल भुर्तेललाई साथ दिन आरिफ शेख क्रिजमा आएका छन् ।
नेपालमा जारी त्रिदेशीय सिरिजको आजको खेलमा नेदरल्यान्डसले टस जितेर फिल्डिङको निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।