शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोरोना कहर

चीनबाट ४४ लाख मात्रा खोप भोलि आउने


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/699
    भदौ ३१, २०७८ बिहीबार
    चीनबाट ४४ लाख मात्रा खोप भोलि आउने

    काठमाडौं । चीनबाट खरिद गरिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ल्याउन बिहीबार राति ११ बजे नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ । ४४ लाख डोज (मात्रा) खोप बोकेर भोलि दिउँसो २ बजे विमान नेपाल आइपुग्ने छ ।

    आज राति ११ बजे विमान जाँदै छ र भोलि दिउँसो २ बजे आइपुग्छ, ४४ लाख डोज खोप ल्याउँदै छ  नेपाल एयरलाइन्सको महाप्रबन्धक डिमप्रकाश पौडेलले हाम्रा कुरासँग भने । सरकारले चीनसँग थप ६० लाख डोज खोप खरिद गरेको थियो । ६० लाख डोज खोपमध्ये भदौ ४ र ५ गते गरेर १६ लाख डोज खोप आइसकेको छ । 

    बाँकी ४४ लाख डोज खोप लिन बिहीबार राति विमान त्रिभुवन विमानस्थलबाट चीनतर्फ जाने भएको हो । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान स्वरूप दिने भनेको छ । यद्यपि, खरिद सम्झौता अन्तर्गतका खोप भित्र्याएपछि मात्रै अनुदान स्वरूपको खोप दिने निर्णय चीनले गरेको थियो ।

    सरकारले चैतसम्म लगभग सबै नागरिकका लागि करिब साढे ५ करोड डोज खोप उपलब्ध गराइ सक्ने लक्ष्य राखेको छ । जसमध्ये झन्डै डेढ करोड खोप भित्रिसकेको छ भने १ करोड भन्दा बढी डोज प्रयोगमा आइसकेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij