शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

यी कार्यसूचीमा छलफल गर्न बागमती प्रदेशसभाको बैठक बस्दै


  • 595
    SHARES
  • https://indrenipost.com/posts/6996
    फागुन १७, २०८० बिहीबार
    यी कार्यसूचीमा छलफल गर्न बागमती प्रदेशसभाको बैठक बस्दै

    मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बिहान ११ः३० बजे बैठक बस्ने तयारी गरिएको प्रदेश सभा सचिवालय हेटौँडाले जनाएको छ ।

    सचिवालयका अनुसार बैठकमा विशेष समय र विधेयक पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा विशेष समयमा सांसदहरूले धारणा राख्ने छन् भने संसद् सचिवालयमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।

    सरकार र प्रतिपक्ष बिचको अन्तर्द्वन्द्व कारण प्रदेशसभा बैठक प्रभावित बन्दै आएको छ । विगत ४ महिना देखि बन्द बैठक फागुन १५ गतेका लागि आह्वान गरिएको थियो ।

    बजेट माथिको भागबन्डाको विषयलाई लिएर सरकार र प्रतिपक्ष बिचको विवादका कारण सो बैठकमा समेत विवाद भएको थियो । अधिवेशन आह्वान सम्बन्धी पत्र र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त केही पत्र वाचन सहित दलगत रूपमा सांसदहरूले शुभकामना मन्तव्य राखे पछि बैठक स्थगित भएको थियो ।

    बुधबार बिहान ११ः३० बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरी स्थगित गरिएको थियो । बजेट विनियोजनमा असहमति राख्दै आएको प्रमुख प्रतिपक्ष दल सहित विपक्षी दलहरूले पूर्व निर्धारित बजेट सम्बन्धी सहमति कार्यान्वयन माग गरेपछि बैठक स्थगित भएको थियो ।

    सरकार र प्रतिपक्ष बिचको विवाद समाधान गर्ने पटक पटक बसेको सर्वदलीय बैठक समेत व्यर्थ बनिरहँदा त्यसको असर संसदमा देखिएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij