शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश १ ले चार्जिङ स्टेसनका लागि ३ ठाउँमा जग्गा दिने

  • 34.4K
    SHARES
  • https://indrenipost.com/posts/7
    साउन २६, २०७६ आइतबार
    प्रदेश १ ले चार्जिङ स्टेसनका लागि ३ ठाउँमा जग्गा दिने

    प्रदेश नम्बर १ को सरकारले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने भएको छ। जग्गाका लागि प्रदेश सरकारले स्थानीय सरकारसगँ आग्रह गरेको र स्थानीय तहले पनि जग्गा दिन राजी भएको प्रदेश नम्बर १ सरकारका सचिव राजेशप्रसाद घिमिरेले जानकारी दिए।

    ‘चार्जिङ स्टेसनको अध्यनको लागि टोली आएको थियो। उक्त टोली र हाम्रा इन्जिनियर मेयरसाब हरुलाई भेटन जानु भयो। उहाँहरुले जग्गा उपलब्द्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ’ घिमिरेले सेतोपाटीसगँ भने। चार्जिङ स्टेसनको लागि, मेचीनगर नगरपालिका, सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको मूख्यमन्त्री कार्यालयले जनाइको छ। चार्जिङ स्टेसन कसले राख्ने, कस्तो हुने भनेर अहिले टुङ्गो नलागेको उनले जानकारी दिए।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij