शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोरोना कहर

कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, थप १५११ संक्रमित


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/702
    भदौ ३१, २०७८ बिहीबार
    कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, थप १५११ संक्रमित

    काठमाडौं । नेपालमा थप १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको परीक्षणका क्रममा थप १ हजार ५११  जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी १५ हजार १७९ जनाको नमूना परीक्षण गरिएको थियो ।

    पीसीआर विधिबाट ११ हजार २०८ जनाको नमूना परीक्षण गर्दा १ हजार १६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, ३ हजार ९७१ जनाको एन्टिजेन परीक्षण गर्दा ३४६ जनामा संक्रमण पुष्टि भएको हो । 

    गत २४ घण्टाको अवधिमा १ हजार ६८९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ । यस्तै, २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना कहर
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij