शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

समाचार

त्रिविले आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने


  • 4.4K
    SHARES
  • https://indrenipost.com/posts/705
    असोज १, २०७८ शुक्रबार
    त्रिविले आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ ।

    स्थानीय निकायसंग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सर्तकता अबलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न त्रिविले आफ्नो मातहतका निकायलाई निर्देशन दिएको छ ।

    त्रिवि कार्यकारी परिषद्ले गत २७ गते गरेको निर्णयअनुसार सबै क्याम्पस, विभाग र स्कूलहरूमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिवि जिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचना गरी निर्देशन दिएको हो ।

    सो सूचनामा त्रिवि अन्तर्गतका सबै क्याम्पस, विभाग, स्कुलहरूले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्ररही कक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिङ १९) को नेपालमा सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सचेतना अपनाई पूर्व तयारी एवम् सर्तकर्ता अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

    अहिले त्रिवि अन्तर्गतका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij