शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

शिक्षा

आउँदो कात्तिकसम्म शिक्षक दरबन्दी मिलान गरिसक्नु पर्ने, २७ जिल्लासँग दरबन्दीको विवरण माग


  • 4.0K
    SHARES
  • https://indrenipost.com/posts/759
    असोज ४, २०७८ सोमबार
    आउँदो कात्तिकसम्म शिक्षक दरबन्दी मिलान गरिसक्नु पर्ने, २७ जिल्लासँग दरबन्दीको विवरण माग

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आउँदो कात्तिक मशान्तसम्म शिक्षक दरबन्दी मिलान गरिसक्ने जनाएको छ । दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको भन्दै केन्द्रले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको स्थानीय तहमा सरुवा गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।

    दरबन्दी मिलानकै क्रममा केन्द्रले विभिन्न २७ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक दरबन्दी विवरण अद्यावधिक गराउन पत्राचार गरेको छ । केन्द्रका अनुसार ११ सय दरबन्दी एउटा जिल्लाबाट अर्को जिल्लामा स्थानान्तरण भइसकेका छन् ।

    बाँकी पुल दरबन्दीमा रहेकाहरुलाई स्थानान्तरण गर्ने प्रयोजनको लागि केन्द्रले २७ जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिए ।

    केन्द्रले ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, चितवन, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची र डोल्पाको एकाइलाई दरबन्दी मिलानको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij