शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोरोना कहर

चीनबाट आज दिउँसोसम्म ४४ लाख डोज भेरोसेल खोप आइपुग्दै

असोज अन्तिमसम्म थप एक करोड खोप ल्याउने तयारी


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/708
    असोज १, २०७८ शुक्रबार
    चीनबाट आज दिउँसोसम्म ४४ लाख डोज भेरोसेल खोप आइपुग्दै

    काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याइँदैछ । खोप दिउँसो दुई बजे आइपुग्ने छ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खरिद गरिएको खोप आज दुई बजे चीनबाट आइपुग्ने जानकारी दिए । 

    सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि बिहीबार राति ११ बजे वाइडबडी विमान चीनतर्फ गइसकेको बताए । यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो । तर पछि संशोधन गर्दै एक दिनपछाडि सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

    भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो । जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो । तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ । जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो ।​ भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो ।

    नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij