शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

मंगलबार अपरान्ह १ बजे बस्ने गरि बागमती प्रदेशसभाको बैठक आह्वान


  • 487
    SHARES
  • https://indrenipost.com/posts/7168
    फागुन २६, २०८० शनिबार
    मंगलबार अपरान्ह १ बजे बस्ने गरि बागमती प्रदेशसभाको बैठक आह्वान

    मकवानपुर । बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ ।

    यही फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा पेश गर्न कार्यसूची तयार गरिने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राससलाई जानकारी दिए । 

    यसैगरी, प्रदेशसभा सचिवालयमा आइतबार अपराह्न १ बजे बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठक बस्ने र बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का मुख्य सचिव, अर्थ सचिव, कानुन सचिव र अर्थविद्हरुसँग प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको २०८०/०८१ को बजेटको विनियोजित सम्बन्धमा सरकार र प्रतिपक्षबीच भएको सम्बन्धमा कार्यान्वयन गर्न कानुनी अडचनबारे छलफल हुने विशेष समितिका संयोजक गोविन्दप्रसाद लम्सालले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij