शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकार : नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलायो आफ्ना मन्त्रीहरू


  • 631
    SHARES
  • https://indrenipost.com/posts/7170
    फागुन २६, २०८० शनिबार
    सुदूरपश्चिम प्रदेश सरकार : नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलायो आफ्ना मन्त्रीहरू

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।

    शुक्रबार राति मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका मन्त्रीहरूलाई सरकारमा सहभागी गराएर शपथ खुवाएका थिए ।

    तर, त्यसको १२ घण्टा पनि नबित्तै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएकी छन् ।

    संघीय गठबन्धन फेरबदल भएसँगै त्यसको असर प्रदेशमा परेको थियो ।

    जसका कारण मुख्यमन्त्री शाहले माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए । त्यसपछि उनले नाउपालाई सरकारमा सहभागी गराएका थिए ।

    तर, पार्टी नेतृत्वसँग सल्लाह नै नगरी मन्त्री बनाइएको भन्दै श्रेष्ठले उनीहरूलाई तत्काल फिर्ता हुन निर्देशन दिएकी हुन् ।

    निर्देशन कार्यान्वयन नगरे कारबाही गर्ने उनको चेतावनी छ । चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोड्न निर्देशन दिएकी हुन् ।

    उनले आज संसदीय दलको बैठक बस्ने र सरकारबाट फिर्ता हुने निर्णय हुने बताएकी छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij