मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

हङकङसित ७३ रनले नेपाल पराजित


  • 604
    SHARES
  • https://indrenipost.com/posts/7175
    फागुन २६, २०८० शनिबार
    हङकङसित ७३ रनले नेपाल पराजित

    काठमाडौं । मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेटमा नेपाल हङकङसित ७३ रनले पराजित भएको छ । शनिबार हङकङमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर गुमाएर २१२ रन बनाएको थियो ।

    जवाफमा भ्रमणकारी नेपालले १६.४ ओभरमा अलआउट हुनुअघि १३९ रन मात्र बनाउन सक्यो । हङकङको जितमा बाबर हायातले विस्फोटक पारी खेले । उनले ४९ बलमा १३ छक्का र तीन चौकाको मद्दतमा ११० रनको योगदान गरे ।

    राष्ट्रिय टोलीबाट यही खेलमार्फत ट्वान्टी–२० मा ‘डेब्यु’ गरेका नेपालका आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृंखला खेल्न बिहीबार हङकङ गएको हो ।

    नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक ट्वान्टी–२० शृंखला सुरु हुँदै छ । नेपालले हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक शृंलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्नेछ ।

    यस्तै, नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij