मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

हङकङविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै


  • 424
    SHARES
  • https://indrenipost.com/posts/7194
    फागुन २७, २०८० आइतबार
    हङकङविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

    काठमाडौं । नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै छ ।

    नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ ।     

    नेपाल, हङकङ र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् ।

    नेपाली प्लेइङ ११- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, लोकेश बम, करण केसी, प्रतिस जिसी र अविनाश बोहोरा ।  

    यस त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

    मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij