मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो


  • 415
    SHARES
  • https://indrenipost.com/posts/7196
    फागुन २७, २०८० आइतबार
    नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो

    काठमाडौं । नेपाल र हङकङबीच जारी त्रिदेशीय शृङ्खलाको पहिलो खेल वर्षाका कारण प्रभावित बनेको छ । हङकङस्थित मिसन रोड मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको छ ।

    त्यसअघि नेपालले इनिङको पहिलो बलमै मार्टिन कोएट्जीको विकेट लिएको थियो । कोएट्जीलाई करण केसीले गुल्सनकुमार झाबाट क्याच गराएका थिए । आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसँग हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् ।

    यसअघि शनिबार भएको फ्रेन्ड्सिप कपअन्तर्गतको खेलमा नेपाललाई हङकङले ७३ रनले हराएको थियो । यसै वर्षको जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाल हाल प्रतियोगिता तयारीका लागि ट्वान्टी–२० क्रिकेट शृंखलामा व्यस्त छ ।

    नेपालले यसअघि घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला खेलेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij