शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता


  • 577
    SHARES
  • https://indrenipost.com/posts/7214
    फागुन २८, २०८० सोमबार
    मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता

    काठमाडौं । मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने भएको छ । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो ।

    जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेन्द्रचन्द लालले आइतबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै कार्यगत एकताको घोषणा गरेका हुन् । 

    तीन दलले वर्तमान परिस्थितिमा छलफल तथा सहकार्यका लागि सातबुँदे सहमति गरेका हुन् । “वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै समस्याको दीर्घकालीन समाधानका लागि प्रयत्नशील रहने प्रणका साथ तीन पार्टी छलफल तथा सहकार्य गर्न सहमत भएका छौँ”, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

    मधेस केन्द्रित तीन दलको सहमतिअनुसार नेपालको संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने, तराई मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति, विद्यमान सबै प्रकारका विभदे अन्त्य गर्ने भनिएको छ ।

    त्यस्तै, उत्पादनमुखी अर्थतन्त्र स्थापित गर्न राष्ट्रिय पूँजी निर्माण गर्ने, कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील हुने, उद्योग कलकारखाना स्थापना गरी रोजगारी सृजना गर्ने र गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने सहमति भएको छ ।

    विज्ञप्तिमा अन्य दललाई पनि सहकार्यको अभियानमा सरिक हुन अनुरोध गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij