शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

सुदूरपश्चिम सरकार : पाँचौ पटक मन्त्रिपरिषद् विस्तार


  • 712
    SHARES
  • https://indrenipost.com/posts/7232
    फागुन २८, २०८० सोमबार
    सुदूरपश्चिम सरकार : पाँचौ पटक मन्त्रिपरिषद् विस्तार

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पाँचौं पटक आज मन्त्रीमण्डल विस्तार गरेका छन् ।

    नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउँदै पाँचौंपटक सरकार विस्तार गरेका हुन् ।

    यसअघि मुख्यमन्त्री शाहले सरकार जोगाउन उन्मुक्तिका तीन जनालाई मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    आजनै नवनियुक्त मन्त्री चौधरीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । 

    शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी आर्थिक मामिला मन्त्री, ईन्द्र गिरी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चौधरीलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए ।

    मुख्यमन्त्री शाह सरकार जोगाउन स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य खेमा विष्टको समर्थनका लागि दौडमा छन् ।

    शाहलाई स्वतन्त्र प्रदेश सभा सदस्य जोशीले विश्वासको मतपछि सरकारमा जाने प्रतिक्रिया दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

    साथै राप्रपाकी प्रदेश सभा सदस्य विष्टले सरकारमा नगए पनि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने बताइएको छ ।

    शाहले ३० गते विश्वासको मत लिने गरी मन्त्रीमण्डल विस्तार साना दलहरूको साथ र सहयोग लिन छलफल र भेटघाट गरिरहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij