मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नेपालले टस जित्यो, पीएनजीविरुद्ध पहिले बलिङ गर्दै


  • 460
    SHARES
  • https://indrenipost.com/posts/7266
    फागुन ३०, २०८० बुधबार
    नेपालले टस जित्यो, पीएनजीविरुद्ध पहिले बलिङ गर्दै

    काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली ट्वान्टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधिका लागि आज पपुवा न्यु गिनीसँग भिड्दैछ ।

    हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

    नेपालले मंगलबार भएको खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

    पीएनजीले पनि हिजो मंगलबार नै भएको खेलमा हङकङमाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपालसँगको भेट पक्का गरेको थियो ।

    सिरिजको पहिलो खेलमा पानी परेपछि नेपाल र हङकङले अंक बाँडेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij