शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

समाचार

बझाङ- १ को उपनिर्वाचनका लागि एमालेद्वारा तीन जनाको नाम सिफारिस [नामावलीसहित]


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/7285
    चैत २, २०८० शुक्रबार
    बझाङ- १ को उपनिर्वाचनका लागि एमालेद्वारा तीन जनाको नाम सिफारिस [नामावलीसहित]

    काठमाडौं । नेकपा (एमाले) बझाङ जिल्ला कमिटीले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

    जिल्ला कमिटीले प्रदेश कमिटी समक्ष उम्मेदवार सिफारिस गरेको हो । यसअघि उम्मेदवार भएका अफिलाल ओखेडा सिफारिस भएका छैनन् ।

    दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस गरिएको बझाङ जिल्ला कमिटीले जानकारी दिएको छ ।

    उक्त निर्वाचन क्षेत्र यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले जितेका थिए । उनी सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्री थिए ।

    सवारी दुर्घटनामा उनको निधन भएपछि रिक्त रहेको स्थानमा चुनाव हुन लागेको हो ।

    आगामी वैशाख १५ गते उपचुनाव हुँदैछ भने चैत २४ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij