शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

गण्डकी प्रदेश : फेरि मन्त्री बन्दै दीपक मनाङे


  • 685
    SHARES
  • https://indrenipost.com/posts/7319
    चैत ५, २०८० सोमबार
    गण्डकी प्रदेश : फेरि मन्त्री बन्दै दीपक मनाङे

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसबारे प्रदेश प्रमुखको कार्यालयलाई मौखिक जानकारी समेत गराइएको छ ।

    तर, कुन मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्नेबारेमा जानकारी दिइएको छैन । स्रोतका अनुसार, निर्विरोध निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्दै छन् ।

    प्रदेशसभा निर्वाचनमा स्वतन्त्र रूपमा विजयी भएका मनाङे पछि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । तर, यही साता उनले एकीकृत समाजवादी त्यागेको जानकारी गराउँदै आफ्नो भूमिका स्वतन्त्र कायम गरिदिन भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।

    केन्द्रमा गठबन्धन फेरिएसँगै मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूलाई निकालिसकेका छन् । मनाङेलाइै आफ्नै पक्षमा राखिराख्न पाण्डेले मन्त्री बनाउने तयारी गरेका हुन् ।

    मनाङेनिकट नेपाली कांग्रेसका सांसदहरूका अनुसार पनि उनी मन्त्री बन्न तयार भएका हुन् । मनाङेले अन्तिम अवस्थामा पाण्डे सरकारलाई साथ दिने बताउँदै आएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij