शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माण आवश्यक


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/7363
    चैत १०, २०८० शनिबार
    कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माण आवश्यक

    बेलबारी (मोरङ) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन् ।

    नेपाल क्षयरोग निवारण संस्थाको ४४औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा आज मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् ।

    “पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकाले उनको नै भावनाअनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु”, उनले भने, “त्यसैले पूर्वमुख्यमन्त्रीले दिएकै मन्त्रअनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणको बजेटसमेत कार्यान्वयनमा लागेको छु ।”

    मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् । “संविधानअनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन”, उनले भने, “त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij