काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आज (असोज ४ गत) देखि लगाइने भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानस्थित खोप केन्द्रबाट आज (सोमबार) देखि ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जानकारी दिएको हो ।
खोप लगाउन अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने कार्यालयले जनाएको छ ।
