शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

बागमती प्रदेश : हाम्रो नेपाली पार्टीका बज्राचार्य मन्त्री नियुक्त


  • 721
    SHARES
  • https://indrenipost.com/posts/7433
    चैत १५, २०८० बिहीबार
    बागमती प्रदेश : हाम्रो नेपाली पार्टीका बज्राचार्य मन्त्री नियुक्त

    मकवानपुर । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीले प्रवेश पाएको छ ।

    सत्ता गठबन्धनलाई सरकार टिकाउन सकस परिरहेको अवस्थामा हाम्रो नेपाली पार्टीले सरकारलाई समर्थन गर्दै मन्त्रीपरिषदमा सहभागी भएको हो ।

    सत्ता गठबन्धन परिवर्तनपछि सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री पदमा नियुक्त भएका छन् ।

    सत्ता गठबन्धनमा निर्णायक मानिएको सो दलका संसदीय दलका नेता बज्राचार्यले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

    उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    सत्ता गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सो मन्त्रालयको जिम्मेवारी तोकेर मन्त्री मण्डल विस्तार गरेका हुन् ।

    उनले मातृ (नेपाल) भाषामा शपथ ग्रहण गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij