सुर्खेत । कर्णाली प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मत लिने निर्णय पारित गरेको छ ।
मंगलबार बिहान साढे ११ बजेदेखि बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो । माओवादीले विश्वासको मतका विषयमा कुनै निर्णय नगरेका कारण बिहान ११ बजे बसेको कार्य व्यवस्था परामर्श समितिको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो ।
मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मतका विषयमा बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने नै निर्णय गरेको कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।