शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


  • 505
    SHARES
  • https://indrenipost.com/posts/7494
    चैत २१, २०८० बुधबार
    कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।

    यसअघि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम थियो । तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने बताएपछि प्रदेशसभाको बैठक आजका लागि सारिएको हो ।

    गठबन्धनमा रहेको दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् । चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

    योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् । लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदैछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij