धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक अध्यक्ष रेशम चौधरी पक्षकी प्रदेश सांसद इन्दिरा गिरीलाई हटाउने रञ्जीत श्रेष्ठले निर्णय गरेकी छन् ।
उनले समानुपातिक सांसद एवं सुदूरपश्चिम प्रदेशकी राज्यमन्त्री गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् ।
उनलाई पार्टीको निर्णयविपरीत सरकारमा संलग्न किन भएको भनेर स्पष्टीकरण सोध्दा जवाफ नदिएको भन्दै हटाउने निर्णय लिएको श्रेष्ठले बताइन् ।
नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । गिरी कृषि राज्यमन्त्री छन् ।
रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएपछि रञ्जीताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् ।