शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

गण्डकी प्रदेश

सभामुख र दीपक मनाङेसमेतको समर्थनमा खगराजको मुख्यमन्त्रीमा दाबी


  • 559
    SHARES
  • https://indrenipost.com/posts/7552
    चैत २५, २०८० आइतबार
    सभामुख र दीपक मनाङेसमेतको समर्थनमा खगराजको मुख्यमन्त्रीमा दाबी

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

    उनले माओवादी केन्द्रबाट सभामुख रहेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

    केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै सुरेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।

    प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते दिउँसो ३ बजेभित्र सरकार गठनको दाबी पेस गर्न समय दिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij