शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोरोना कहर

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, १०९५ जनामा कोरोना संक्रमण पुष्टि


  • 5.1K
    SHARES
  • https://indrenipost.com/posts/756
    असोज ४, २०७८ सोमबार
    पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, १०९५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पिअिसार परीक्षण गर्दा ९७५ र तीन हजार ३१ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो । 

    आज देशभर दुई हजार ९५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८ एक जना संक्रमितको मृत्यु भएको छ ।

    देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २० हजार ८९१ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ४३२ संक्रमित छन् भने  ३७१ जना आइसियुमा र १०८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २६४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २२ हजार १९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij