काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन् ।
यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।
केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो ।
बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको चौथो पटक हो ।