शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

राजनीति

सुदूरपश्चिम– नेकपा (एस)ले भन्यो : ‘लक्ष्मणकिशोरलाई समर्थन छैन’ 


  • 838
    SHARES
  • https://indrenipost.com/posts/7678
    बैशाख ४, २०८१ मंगलबार
    सुदूरपश्चिम– नेकपा (एस)ले भन्यो : ‘लक्ष्मणकिशोरलाई समर्थन छैन’ 

    धनगढी । सुदूरपश्चिममा सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन सहमति गरेपछि एकीकृत समाजवादीले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

    एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख नाजिर मियाँलाई बुझाएका छन् । 

    योसँगै अब एकीकृत समाजवादीले प्रदेशमा मुख्यमन्त्रीमा दाबि गर्ने बताइएको छ । यसका लागि प्रक्रिया मिलाउने तयारी भएको बुझिएको छ ।

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भएको छलफल अनुसार घटनाक्रम अगाडी बढेको देखिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij