शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

एमाले अझै पर्ख र हेरमा


  • 460
    SHARES
  • https://indrenipost.com/posts/7699
    बैशाख ६, २०८१ बिहीबार
    सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो ।

    प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय बिहीबार साँझ ५ बजे सकिँदैछ ।

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन् ।

    त्यसका लागि एकीकृत समाजवादी बिहीबार बिहानैदेखि छलफलमा जुटेको छ ।

    तर नेकपा (एमाले) भने अझै निर्णयमा पुग्न सकेको छैन। नेकपा (एमाले) ले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न चाहेको छैन ।

    एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्दा आपत्ति नहुने तर पात्र परिवर्तन गर्नुपर्ने एमाले नेतृत्वको चाहना छ ।

    एमालेको मनोदशा बुझेरै एकीकृत समाजवादीले बुधबार केन्द्रीय सचिवालय बैठकबाटै सोडारीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो ।

    तर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने आफूहरू पर्ख हेरको अवस्थामा रहेको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij