काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएकोक छ ।
मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री जोखबहादुर महराले यसअघि नै सत्तासाझेदार दलहरुसँग मन्त्रीको नाम सिफारिस गर्न आग्रह गरेका थिए ।
सोही अनुसार नेकपा (एमाले)ले लुम्बिनी सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली टुंगो लगाएको छ ।
एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
त्यस्तै रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।
एमाले स्रोतका अनुसार ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउनेछन् ।
चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एकरएक जना मन्त्री बनाइसकेका छन् ।