शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

नाउपा रञ्जिता पक्षका दुई सांसद दुइतिर, मन्त्रीपद त्याग्ने र सरकारलाई समर्थन नगर्ने चेतावनी 


  • 595
    SHARES
  • https://indrenipost.com/posts/7723
    बैशाख ७, २०८१ शुक्रबार
    नाउपा रञ्जिता पक्षका दुई सांसद दुइतिर, मन्त्रीपद त्याग्ने र सरकारलाई समर्थन नगर्ने चेतावनी 

    धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरी नियुक्त भएका छन् । 

    मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई बिहिबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीवार राति नै शपथ ग्रहण गराएका थिए ।

    नाउपाका ७ जना सांसदमध्ये अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमा कैलाश चौधरी र टीका थापाले सोडारीलाई समर्थन गरेका हुन् । दुवैलाई मन्त्रीमा नियुक्त गर्ने सहमति भएपनि बिहिबार कैलाशले मात्र मन्त्री पदको शपथ लिएका छन् तर टीका थापाले भने मन्त्री बन्न अस्वीकार गरेकी छन् । 

    आन्तरिक रूपमा रोजेको मन्त्रालय नपाएको बताइए पनि सामाजिक सञ्जालमा भने टिका थापाले आफुलाई बिना विभागीय मन्त्रीको शपथ खान भनिएको र कुनै मन्त्रालय फुटाएर मन्त्रालय तोकिने भनेपछि आफुले मन्त्रीको शपथ खान अस्वीकार गरको बताएकी छन् । 

    मन्त्रीको शपथ लिन प्रदेश प्रमुखको कार्यालय पुगेकी थापा अन्तिम समयमा शपथ नलिएर बाहिरिएकी थिइन् । अर्कोतर्फ कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी नपाए शपथ नलिने अडान लिएपछि राति शपथ गराइएको थियो । मन्त्री नबनेपछि आक्रामक हुँदै सांसद थापाले आफू सरकारमा सहभागी नहुने र सरकारलाई समर्थन समेत नगर्ने सामाजिक सञ्जालमा लेखेकी छन् । 

    सत्ताको भागबन्डामा ७ सांसद समेत दुई समूहमा रहेको नाउपा सुदूरपश्चिमका सांसद अब रञ्जिता पक्षका दुई सांसद समेत दुईतिर पुगेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij