शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

नेपाल मगर विद्यार्थी संघले तोक्यो तीन प्रदेश इञ्चार्ज (नामावलीसहित)


  • 4.6K
    SHARES
  • https://indrenipost.com/posts/7863
    बैशाख १६, २०८१ आइतबार
    नेपाल मगर विद्यार्थी संघले तोक्यो तीन प्रदेश इञ्चार्ज (नामावलीसहित)

    काठमाडौं । नेपाल मगर विद्यार्थी संघले तीन जनालाई प्रदेश इञ्चार्ज तोकेको छ । हिजो (शनिबार) नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोकेको हो ।

    उक्त संघको केन्द्रीय समिति बैठकले मधेस प्रदेश इञ्चार्जमा रेश्मी मगर, कर्णाली प्रदेश इञ्चार्जमा छिनिङलाल थापा मगर र सुदूरपश्चिम प्रदेश इञ्चार्जमा वीरबहादुर मगरलाई चयन गरेको केन्द्रीय शैक्षिक विभाग प्रमुख एवं विश्वविद्यालय इञ्चार्ज यमबहादुर रोका मगरले बताए ।

    त्यस्तै सो बैठकले नेपाल मगर विद्यार्थी संघ केन्द्रीय सदस्यमा राजन राना मगरलाई चयन गरेको छ । संघका केन्द्रीय अध्यक्ष चित्र पुलामी मगरले प्रदेश इञ्चार्ज र केन्द्रीय सदस्यमा चयन भएका चार जनालाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।

    त्यसैगरी बैठकको आतिथ्यता ग्रहण गरेका वरिष्ठ अधिवक्ता गौबहादुर आले मगरले पनि प्रदेश इञ्चार्ज र केन्द्रीय सदस्यलाई बधाई दिएका थिए । उनले केन्द्रीय सदस्य र सम्बन्धित प्रदेश इञ्चार्जहरुलाई मगर विद्यार्थीको हक, अधिकार र कर्तव्य पालना गरी कार्यसम्पादन गर्न आग्रह गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij