शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


  • 658
    SHARES
  • https://indrenipost.com/posts/7965
    बैशाख २१, २०८१ शुक्रबार
    सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्रीले विश्वासको मत लिन आज अपराह्न ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । 

    सोडारी यही वैशाख ६ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

    अहिलेसम्म नाउपाका कैलाश चौधरी र टीका थापा मात्र सरकारमा गएका छन् भने एमाले र माओवादी केन्द्र सरकारमा सामेल भएका छैनन् ।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सदस्य रहेका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij